कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत « Khabarhub

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका लागि विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले गम्भीर पहलकदमी लिन जरुरी रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले अहिले पार्टीको जनाधार खस्किएको अवस्थामा विशेष महाधिवेशनबाट निर्वाचित प्राविधिक रूपमा आधिकारिकता प्राप्त नेतृत्वले बृहत्तर एकताका लागि पहलकदमी लिन जरुरी रहेको बताएका हुन् ।

समयमा नै पार्टीभित्र बृहत्तर एकता नभए लोकप्रिय पार्टीको रूपमा स्थापित फेरि पुनर्स्थापित गर्ने अभियान कमजोर हुने उनले बताए। उनले अहिले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबाट पार्टीको एकताका लागि प्रभावकारी काम हुन नसकेको धारणा राखे ।

नेता महतले बृहत्तर एकताका लागि पन्ध्रौँ महाधिवेशनको निष्पक्ष निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुन जरुरी रहेको स्पष्ट पारे  । 

त्यसका लागि यसअघिको नियमित महाधिवेशनको नेतृत्वकर्ता र विशेष अधिवेशनबाट निर्वाचित भएको नेतृत्वकर्ताबीच समझदारी बन्न जरुरी रहेको उनले बताए । 

महतले आफूहरूले अहिले कुनै ठुलो भागवण्डाको पनि कुरा नरहेको र पन्ध्रौँ महाधिवेशन निष्पक्षै हुने सुनिश्चितताको ग्यारेन्टी खोजेको उल्लेख गरे ।

निर्वाचन प्रक्रियालाई अगाडि बढाउने, क्रियाशील सदस्यता टुङ्ग्याउने र विधान संशोधनका विषयलाई समझदारीका साथ टुङ्ग्याउन सके पारदर्शी र निष्पक्ष महाधिवेशनको सुनिश्चितता हुनसक्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  १ : ०९ बजे

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा