विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी « Khabarhub

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले देशभरका विभिन्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई ठूलो रकम भुक्तानी गरेको छ । 

बोर्डको निर्णयअनुसार विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गतको शोधभर्नाबापत कुल २७ करोड ३७ लाख ७८ हजार ६२ रुपैयाँ ६ पैसा सम्बन्धित अस्पतालहरूको बैंक खातामा पठाइएको हो ।

स्वास्थ्य बीमा बोर्डका लेखा उपसचिव पुष्प प्रसाद गुरागाईंद्वारा जारी सूचनाअनुसार विक्रम संवत् २०८२ पौष मसान्तसम्म विपन्न नागरिकहरूको उपचार गरी आवश्यक कागजात पूरा गरेर दाबी पेस गरेका स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो ।

नेपाल सरकारले अति विपन्न नागरिकहरूका लागि सञ्चालन गरेको औषधि उपचार कार्यक्रम अन्तर्गत विभिन्न कडा रोगहरूको निःशुल्क उपचार हुँदै आएको छ । यस पटक बोर्डले डायलाइसिस सेवा, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर लगायतका कडा रोगको उपचारबापत अस्पतालहरूले पाउनुपर्ने सोधभर्ना रकम स्वीकृत गरी इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (ईएफटी) मार्फत सिधै बैंक खातामा जम्मा गरिदिएको हो ।

कुन अस्पतालले कति पाए ? यी हुन् मुख्य अस्पताल 

बोर्डले सार्वजनिक गरेको विवरण अनुसार देशका प्रमुख सरकारी तथा निजी अस्पतालहरूले करोडौँ रुपैयाँ भुक्तानी पाएका छन् । जसमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले २ करोड ५९ लाख ६९ हजार ७ सय १२ रुपैयाँ, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले  १ करोड ७८ लाख १३ हजार ५ सय ५३ रुपैयाँ, गौतम बुद्ध कम्युनिटी हार्ट हस्पिटलले १ करोड ५९ लाख ५७ हजार ५ सय रुपैयाँ भुक्त्तानी पाएका छन् । 

त्यस्तै पाटन अस्पताललाई १ करोड ८ लाख ८३ हजार ८ सय ६९ रुपैयाँ , त्रिवि शिक्षण अस्पताल ९६ लाख ७२ हजार ४ सय १६ रुपैयाँ, नोबेल मेडिकल कलेजलाई ८१ लाख ५ हजार २ सय ४९ रुपैयाँ भुक्तानी गरिएको बोर्डले जनाएको छ । 

विपन्न नागरिक उपचार बापत नै वीर अस्पतालले ७३ लाख ९२ हजार ७ सय ६५ रुपैयाँ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७२ लाख २४ हजार ८ सय ८६ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३२ लाख ५० हजार ७ सय ८० रुपैयाँ भुक्तानी पाएको छ ।  यसका साथै भक्तपुर क्यान्सर अस्पताल, सुदूरपश्चिम इन्टरनेसनल डायलाइसिस सेन्टर, आरोग्य फाउन्डेसन, काठमाडौँ क्यान्सर सेन्टर, मणिपाल शिक्षण अस्पताल लगायत देशभरका अन्य प्रादेशिक तथा निजी अस्पतालहरूले पनि लाखौँ रुपैयाँ भुक्तानी प्राप्त गरेका छन् ।

बोर्डको मिति २०८३ जेठ २५ गतेको निर्णयानुसार जेठ २७ गते यो रकम सम्बन्धित अस्पतालको खातामा पठाइएको र यसबाट विपन्न नागरिकहरूको उपचार सेवा थप प्रभावकारी र निरन्तर रूपमा अगाडि बढाउन मद्दत पुग्ने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  १ : १३ बजे

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

सेउटा, स्पेन– गत साता स्पेनको सेउटा क्षेत्रमा आप्रवासीहरूको ठूलो भीडलाई

शेरधनले इन्द्रलाई भने, ‘हिक्मतलाई निरन्तरता दिएर काम छैन, अब अर्को ल्याउने हो’

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राई र कोशी प्रदेशका नेकपा

सामान्य बन्दै गोलबजारको जनजीवन, कर्फ्यु हट्यो (तस्बिरहरू)

जनकपुरधाम– सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइएको छ ।

अर्थतन्त्रको विकास र विस्तार गर्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र