संसद्‍मा पठाउने विधेयकबारे छलफल गर्दै कानुन मन्त्रालय « Khabarhub

संसद्‍मा पठाउने विधेयकबारे छलफल गर्दै कानुन मन्त्रालय


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ मा संघीय संसद्‍मा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरूसँग छलफल प्रारम्भ गरेको छ । 

कानुनमन्त्री सोविता गौतमले आज भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र सचिव राधिका अर्यालसँग छलफल गरेकी छन् । 

विधायन ऐनअनुसार हरेक वर्ष असार मसान्तभित्र संघीय संसदमा पेस गर्ने विधेयकहरूको प्राथमिकता क्रमसहितको सूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ । 

यसका लागि सम्बन्धित मन्त्रालयले वार्षिक कार्यतालिकाको रूपमा विधेयकको सूची कानुन मन्त्रालयमा पेस गर्नुपर्छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ५ : ३६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली