दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण « Khabarhub

दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– यहाँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको ‘उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम’ अन्तर्गत २१ लाख भन्दा बढी रकम वितरण गरेको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिकको अवधिमा २१ लाख ५५ हजार एक सय ४२ कृषकलाई वितरण गरेको हो ।  गाउँपालिकाभित्रका कृषकले यस अवधिमा कूल तीन लाख ५९ हजार १९० लिटर दूध उत्पादन गरेका छन् । उत्पादनका आधारमा प्रति लिटर छ का दरले कूल २१ लाख ५५ हजार १४२ गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषकलाई हस्तान्तरण गरेका छन् । 

अध्यक्ष चुमानले कृषकलाई उत्पादनसँग जोडेर प्रत्यक्ष लाभ दिने नीतिअन्तर्गत अनुदान वितरण गरिएको बताए। उनले कृषि तथा पशुपालन क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको प्रमुख आधारका रूपमा लिइएको उल्लेख गर्दै उत्पादन बढाउने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

अध्यक्ष चुमानले भने, ‘कृषकले उत्पादन गरेअनुसार प्रत्यक्ष लाभ पाउने व्यवस्था गरिएकाले यसले दुग्ध उत्पादन वृद्धि गर्न थप प्रेरणा दिएको छ । रकम कृषकहरूको हातमा पुगेको छ, जसले उनीहरूको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास लिएका छौँ । आगामी दिनमा उत्पादनमुखी र कृषकमैत्री कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।’
 

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ५ : २२ बजे

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर