रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन « Khabarhub

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेटमाथिको छलफलमा बोल्दै बजेट कार्यान्वयन हुने आधार नदेखेको बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीतिको साउथ एसियामा कुनै देश नै छैन कि जहाँ जिडिपीको ३२/३३ प्रतिशत बजेट । यो आफैमा एउटा ठुलो फुँकिएको बेलुन हो । फुँकिएको बेलुन लामे समय टिक्दैन। यो बजेट काजमा पनि हुन्छ । मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला।’ 

उनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रश्न गर्दै भने, ‘युवालाई रोजगारी हामी दिन सकेनौँ भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखियो ? मैले बुझाउने क्षमता राख्दैन तर म व्यवहारिक क्षमता राखेको छु किनभने जनताको घरदैलोमा गइराख्नुपर्छ, गरिबको भान्सामा देख्नुपर्छ । गरिबले के पायो ? कर्मचारीले त पायो २१% पायो । तर, कर्मचारी कति प्रतिशत छ ?’

जेन-जी आन्दोलन युवाको विद्रोह रहेको बताउँदै उनले युवालाई रोजगारी हामी दिन नसकेको बताए । 

व्यापार घाटा धेरै भएको बताउँदै सांसद शाहले भने, नेपालको सबभन्दा ठुलो रोग र समस्या उत्पादन हो ।’

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ६ : २१ बजे

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन