अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की « Khabarhub

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको दरमा हेरफेरको प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै डा वाग्लेले आफूलाई पनि काण्डहरूको बारेमा थाहा भएको र ती काण्ड खुल्ने बताएका हुन् ।

उनले आफूमाथि केही खोस्टाहरूले लेखेको तर, आफूले दुई रुपैयाँ पनि बदमासी गरेको भए मन्त्री पद र सार्वजनिक जीवन नै त्याग गरिने बताए ।

‘आज मैले सार्वजनिक लेखा समितिमा पनि भने एक दुईटा खोस्टाहरूले लेखे, कि दुई अर्बको आशंका इत्यादी भनेर, दुई अर्ब होइन दुई रुपैयाँ बदमासी बेइमानी म बाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु, सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु, दुई रुपैयाँ र यो नैतिक आँट, नैतिक उचाइ म प्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ’, उनले भने ।

सो भनाइमा रास्वपाका सांसदहरूको गडगडाहट तालीपछि डा वाग्लेले फेरि प्रतिपक्षीतर्फ संकेत गर्दै विपक्षीको काण्ड खुल्ने चेतावनी दिए ।

‘तपाईंहरूका काण्डबारे हामी अनविज्ञ हो र ? ति पनि खुल्नेछन्’, उनले भने ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ६ : २६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने