तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा « Khabarhub

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा


२८ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम ह्वात्तै घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशमा सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२.३ डिग्री रहेको छ । तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ ।

अन्य जिल्लामा त्योभन्दा कम नै तापक्रम रहेको छ । तीन दिन अघि केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज घटेको हो । यसैबीच आज पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागका अनुसार धनुषा महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँलगायत जिल्लाका केही मापन केन्द्रमा भारी वर्षा मापन भएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाचले आज साँझ जारी गरेको बुलेटिनअनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

विभागका सूचना अधिकारी दिनकर कार्यस्थका अनुसार जेठ २९ गते शुक्रबार कोशी, मधेश र बागमती प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्ने जनाइएको छ ।

कोशी र मधेश प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू तथा बागमती, सोही कारण गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको जनाइएको छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  १० : ४५ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ