आज २०८३ साल असार २७ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६ जुलाई ११ तारिख। असार कृष्ण पक्षको द्वादशी तिथि। विश्व जनसंख्या दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। सहयोगी साथीको जमघट हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

वृष  : स्वास्थ्यमा सम:या हुनेछ। आफन्त टाढा हुने भएकाले सचेत बन्नुपर्ने छ। गोप्य कुरा मनमै राख्नु उचित हुन्छ।

मिथुन : बोलीको प्रभावले काम बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। प्रतिभाको प्रदर्शन गर्ने दिन छ। सिर्जनात्मक क्षेत्रमा जाँगर चल्नेछ। परिवारका सद:यले विरोध गरे पनि समाजले तपाईंको प्रशंसा गर्नेछ।

कर्कट : जमिन सम्बन्धी कारोबारमा फाइदा हुनेछ। आफन्तको साथले काम बन्ने दिन छ। राजनीतिक क्षेत्रमा तपाईंको पहुँच वि:तार हुनेछ। संगठन वि:तार हुनेछ। परिवारसँग गोपनीयता भंग नगर्नु उचित हुन्छ।

सिंह : आम्दानी बढ्दा मनमा उत्साह थपिनेछ। पारिवारिक मेलमिलाप हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। पिपलको दर्शन मात्र गरेमा पनि दिन सहज बन्ने छ।

कन्या : पठनपाठनमा जोस र जाँगर बढ्नेछ। लागनी गरेको भए फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले काम सहजै बन्ने छ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : श्रमको मूल्य प्राप्त हुनेछ। तपाईंको अगाडि मिठो कुरा गरेर आक्रमण गर्ने साथीसँग सचेत बन्नुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर मिल्नेछ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यले भाग्यको उदय हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा रमाइलो घुमघामको यात्रा तय हुनेछ।स्वास्थ्यमा सम:या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

धनु : शिक्षामा शुभ खबर सुन्नाले मन प्रशन्न हुनेछ।स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। मन आशान्त बन्ने छ। संकटमा परिवारको साथ मिल्नेछ।

मकर : सोचेको काम नबन्दा मनमा खिन्न हुनेछ।स्वास्थ्यले साथ दिँदा मन शान्त बन्ने योग छ। राजनीतिक क्षेत्रमा भने ठगले सताउने भएकाले सचेत बन्नु उचित हुन्छ।

कुम्भ : यात्रामा अनावश्यक खर्च हुनेछ। साथीले विरोध गर्ने जोखिम छ। स्वास्थ्यले साथ नदिँदा मन अशान्त बन्ने छ। परिवारको सल्लाहमा काम गर्नु राम्रो हुन्छ।

मीन : सानो कुराले मनमा खुसी मिल्नेछ। आम्दानीका दृष्टिले फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। विपक्षीसँग थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ४ : ५८ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर