बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश « Khabarhub

फिफा विश्वकप

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । जस एञ्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न अन्तिम ८ को खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै १६ वर्षपछि स्पेन सेमिफाइनलमा पुगेको हो ।

सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । २०१८ र २०२२ मा अन्तिम १६ बाटै घर फर्किएको स्पेनले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

स्पेनका लागि फेबियन रुइज र मिकेल मेरिनोले गोल गरेका थिए । बेल्जियमका चार्ल्स डे केटलेरले एक गोल फर्काएका थिए ।

स्पेनका रुइजले खेलको ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४१औँ मिनेटमा बेल्जियमका केटलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ८८औँ मिनेटमा मेरिनोले गरेको गोलसँगै स्पेन २–१ गोलले विजयी भयो । अब स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ५ : २८ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक