बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश « Khabarhub

फिफा विश्वकप

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । जस एञ्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न अन्तिम ८ को खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै १६ वर्षपछि स्पेन सेमिफाइनलमा पुगेको हो ।

सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । २०१८ र २०२२ मा अन्तिम १६ बाटै घर फर्किएको स्पेनले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

स्पेनका लागि फेबियन रुइज र मिकेल मेरिनोले गोल गरेका थिए । बेल्जियमका चार्ल्स डे केटलेरले एक गोल फर्काएका थिए ।

स्पेनका रुइजले खेलको ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४१औँ मिनेटमा बेल्जियमका केटलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ८८औँ मिनेटमा मेरिनोले गरेको गोलसँगै स्पेन २–१ गोलले विजयी भयो । अब स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ५ : २८ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि