कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर « Khabarhub

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्। 

यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहेका आयुक्त डा. तुलाधरलाई सो जिम्मेवारी सरेको हो । 

आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । पाँच सदस्यीय हुने आयोगका हाल आयुक्त डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा कायम छन्।

तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको २०८२ वैशाख ५ गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको २०७९ फागुन ४ गते कार्यकाल सकिएको थियो । 

संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वानसहित सुनुवाइ प्रक्रिया सुरु गरेको छ । 

संवैधानिक परिषद्ले मानबहादुर कार्की (मोरङ) लाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा (काठमाडौँ) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  १२ : ५५ बजे

एमालेले स्वीकार्‍यो : जनताको बदलिएको मनोविज्ञान बुझ्न असफल भयौँ

काठमाडौं– नेकपा एमालेले गत फागुन २१ गतेको पछिल्लो निर्वाचनमा आफ्नो

मेसीको भावुक सन्देश- ‘बुवा, तपाईं अब हुनुहुन्न भन्ने विश्वासै लाग्दैन’

 काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्ना दिवंगत बुवा जर्ज मेसीलाई

आईजीपी कार्कीको आक्रोश, ‘हामी नै सबैभन्दा काम नलाग्ने मानिस रहेछौँ कि जस्तो लाग्यो’

काठमाडौं– निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितताको उजुरीबारे संसद्को सार्वजनिक लेखा

एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई