कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू) « Khabarhub

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका परिवारहरू पुनः विस्थापित भएका छन्।

बाढीका कारण शनिबार राति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान सुरक्षित स्थानमा सार्न थालेका छन्। हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ।

घटनापछि होल्डिङ सेन्टर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रको निगरानीका साथै उद्धार र व्यवस्थापनमा सहयोग गरिरहेका छन्।

विस्थापित परिवारहरूलाई भक्तपुरको खरिपाटीस्थित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको भए पनि त्यससम्बन्धी अन्तिम निर्णय भने भइसकेको छैन। सम्बन्धित निकायले प्रभावितहरूको सुरक्षित व्यवस्थापनका लागि आवश्यक समन्वय गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  २ : ५८ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र