वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी « Khabarhub

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम सञ्चालनका लागि राज्यले अनुदान तथा सहुलियत उपलब्ध गराउनुपर्ने माग गरेका छन् । स्वदेशमै रोजगारीको उपयुक्त वातावरण नहुँदा विदेशमा श्रम गर्न बाध्य भएका उनीहरूले स्वदेश फर्किएपछि आत्मनिर्भर बन्न सक्ने वातावरण राज्यले निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले शुक्रबारदेखि सञ्चालन गरेको दुईदिने उद्यमशीलता प्रवद्धन तालिमका सहभागीले स्थानीयस्तरमा आयआर्जनमूलक व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजी उपलब्ध गराउन सरकारसँग माग गरेका थिए ।

सहभागी युवाले जतिसुकै विदेशको सपना देखे पनि अन्ततः स्वदेश नै प्यारो हुने भएकाले यहीँ केही गरेर देश र आफ्नै हितमा योगदान गर्न चाहेको बताए । उनीहरूले स्वदेशमै उद्यम गर्न नीतिगत समस्या रहेको, राज्यले उद्यमशील व्यक्तिको पहिचान गर्न नसकेको तथा उनीहरूलाई लक्षित अनुदान, योजना र बजेटको प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै विदेश गएका तथा विदेश जाने तयारीमा रहेका लाखौँ युवा चिन्तित रहेको वास्तविकता सुनाए ।

उनीहरूले स्थानीय सरकारले सीप विकाससँगै उद्यम सञ्चालनका लागि आवश्यक पुँजीको व्यवस्था गरी युवालाई आत्मनिर्भर बनाउनुपर्ने माग पनि गरेका छन् ।

तालिममा सहभागीलाई उद्यम सञ्चालनका आधारभूत अवधारणा, व्यवसाय छनोट, व्यवसाय योजना निर्माण, बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन, बचत तथा लगानी, उत्पादनको गुणस्तर सुधार, डिजिटल प्रविधिको प्रयोग तथा सरकारी निकायबाट उपलब्ध हुने सहुलियत र सेवासुविधाबारे जानकारी प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, अनुभव र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । रोजगार संयोजक अल्का मिश्रले वैदेशिक रोजगारीमा पुनः जानुपर्ने बाध्यता कम गर्दै स्थानीय स्रोतसाधन र सीपको उपयोगमार्फत दिगो रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ९ : ४१ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र