विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन « Khabarhub

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका ‘मिडफिल्डर’ जेडेन एडम्सको शनिबार निधन भएको छ ।

खेलकुद मन्त्री गेटन म्याकेन्जीले उनको निधनको पुष्टि गरे तर निधन हुनुको कारण भने बताएका छैनन् । खेलकुद मन्त्री म्याकेन्जीले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, “जेडेन एडम्सको निधनको खबरले मलाई स्तब्ध बनाएको छ। दक्षिण अफ्रिकी फुटबलले आफ्नो सबैभन्दा उज्ज्वल युवा प्रतिभा गुमाएको छ।”

प्रहरीले शनिबार बिहान केप टाउनको केन्द्रीय उपनगर स्कोट्सचेकलुफमा एउटा घरमा २५ वर्षीय उहाँको शव फेला परेपछि अनुसन्धान सुरु गरेको बताएको छ । “यो घटनाको बारेमा अनुसन्धान भइरहेको छ,” वेस्टर्न केप प्रहरी प्रवक्ता एफसी भ्यान विकले बताए ।

एडम्सले प्रतियोगितामा दक्षिण अफ्रिकाको समूह चरणका सबै तीन खेल खेल्नुभएको थियो भने क्यानडासँगको नकआउट चरणमा उनी मैदानमा एका थिएनन् । दक्षिण अफ्रिकाका नकआउट चरणबाट नै यो बर्षको विश्वकप खेलबाट बाहिरिएको थियो ।

केप टाउनमा जन्मिएका उहाँले स्टेलनबोस एफसीबाट व्यावसायिक करियर सुरु गरेका थिए । सन् २०२५ को जनवरीमा काफ च्याम्पियन्स लिग विजेता ‘मामेलोडी सन्डाउनस् क्लब’ मा आवद्ध हुनुभएको थियो । उनको निधन दक्षिण अफ्रिकाको समूह ए को चेकियाविरुद्धको खेलको पूर्वसन्ध्यामा आफ्नी हजुरआमाको निधन भएको एक महिना पनि नबित्दै भएको हो।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ११ : ०१ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि