शान्तिपूर्ण प्रयोजनका लागि अस्ट्रेलियाले भारतलाई युरेनियम बिक्री गर्ने « Khabarhub

शान्तिपूर्ण प्रयोजनका लागि अस्ट्रेलियाले भारतलाई युरेनियम बिक्री गर्ने


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाले भारतलाई युरेनियम बिक्री गर्ने भएको छ। दुवै देशका प्रधानमन्त्रीबीच मेलबर्नमा भएको भेटवार्तामा शान्तिपूर्ण प्रयोजनका लागि युरेनियमसम्बन्धी सहमति भएको हो।

हतियार निर्माणमा प्रयोग हुन सक्ने चासोका कारण यो सम्झौता लामो समयदेखि रोकिएको थियो । नयाँ प्रशासनिक सम्झौतासँगै अब अस्ट्रेलियाबाट भारतमा युरेनियम निर्यातको बाटो खुलेको छ ।

अस्ट्रेलियासँग विश्वकै सबैभन्दा ठूलो युरेनियम भण्डार छ । भारतले सन् २०४७ सम्ममा आफ्नो देशमा आणविक ऊर्जा उल्लेख्य रूपमा बढाउने लक्ष्य राखेको छ। ऊर्जाको बढ्दो माग पूरा गर्न भारतलाई युरेनियमको आवश्यकता परेको हो ।

दुई नेताहरूले क्षेत्रकै सुरक्षा र रक्षा सहयोग बढाउने प्रतिबद्धता समेत जनाएका छन्। भारत र अस्ट्रेलियाबीचको व्यापारिक सम्बन्ध पनि निकै बलियो बन्दै गएको छ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ८ : ४४ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य