शान्तिपूर्ण प्रयोजनका लागि अस्ट्रेलियाले भारतलाई युरेनियम बिक्री गर्ने « Khabarhub

शान्तिपूर्ण प्रयोजनका लागि अस्ट्रेलियाले भारतलाई युरेनियम बिक्री गर्ने


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाले भारतलाई युरेनियम बिक्री गर्ने भएको छ। दुवै देशका प्रधानमन्त्रीबीच मेलबर्नमा भएको भेटवार्तामा शान्तिपूर्ण प्रयोजनका लागि युरेनियमसम्बन्धी सहमति भएको हो।

हतियार निर्माणमा प्रयोग हुन सक्ने चासोका कारण यो सम्झौता लामो समयदेखि रोकिएको थियो । नयाँ प्रशासनिक सम्झौतासँगै अब अस्ट्रेलियाबाट भारतमा युरेनियम निर्यातको बाटो खुलेको छ ।

अस्ट्रेलियासँग विश्वकै सबैभन्दा ठूलो युरेनियम भण्डार छ । भारतले सन् २०४७ सम्ममा आफ्नो देशमा आणविक ऊर्जा उल्लेख्य रूपमा बढाउने लक्ष्य राखेको छ। ऊर्जाको बढ्दो माग पूरा गर्न भारतलाई युरेनियमको आवश्यकता परेको हो ।

दुई नेताहरूले क्षेत्रकै सुरक्षा र रक्षा सहयोग बढाउने प्रतिबद्धता समेत जनाएका छन्। भारत र अस्ट्रेलियाबीचको व्यापारिक सम्बन्ध पनि निकै बलियो बन्दै गएको छ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ८ : ४४ बजे

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने