इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा « Khabarhub

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

टप एन्ड टी-२० सिरिज


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आफ्नो १५ सदस्यीय ‘ए’ टोलीको घोषणा गरेको छ। बीसीबीले इरफान शुक्कुरको कप्तानीमा टोली सार्वजनिक गरेको हो।

नेपाल र बंगलादेश ‘ए’ बीचको भिडन्त आगामी अगस्ट २२ मा हुने तालिका छ।

घोषित १५ सदस्यीय टोलीमा कप्तान शुक्कुरसहित हबिबुर रहमान सोहान, जिसान आलम, एसएम मेहेरोब हसन, सामिउन बासिर रतुल, सब्बिर रहमान रोमन, रोहनात दौल्लाह बोर्सन, रकिबुल हसन, अरिफुल इस्लाम, अब्दुल गफ्फार सक्लेन, रिपोन मण्डल, एमडी रुबेल, अबु हैदर रोनी, शमीम हुसेन र मोहम्मद मृत्तुञ्जय चौधरी रहेका छन्।

यसअघि नेपालले भने अनिल कुमार साहको कप्तानीमा १५ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरिसकेको छ ।

टोलीमा कप्तान साहका साथै राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाडी कुशल भुर्तेल र कुशल मल्लालाई पनि समावेश गरिएको छ। टोलीका अन्य सदस्यमा त्रित राज दास, मयन यादव, पवन सर्राफ, दिपक डुम्रे, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।

यो प्रतियोगिता आगामी अगस्ट २१ देखि अगस्ट ३० सम्म सञ्चालन हुनेछ। यस सिरिजमा नेपाल ‘ए’ सँगै विभिन्न अन्तराष्ट्रिय र अस्ट्रेलियन स्थानीय टोलीहरूको सहभागिता रहनेछ। नेपाल ‘ए’ टोलीको यो पहिलो ठूलो वैदेशिक भ्रमण हो, जसलाई युवा खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ६ : १७ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।