लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता « Khabarhub

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ । एक बालिका अझै बेपत्ता छिन् ।

देवाही गोनाही नगरपालिका–२ लक्षमिनियाका शेख कमरे आलमका १० वर्षीय छोरा मो. रमतुल्लाह र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुनको शव फेला परेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ । घटनास्थलबाट करिब डेढ किलोमिटर टाढा जिङडिया पुलनजिक बिहान साढे ६ बजे दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो करिब २ बजे लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने र पौडी खेल्ने क्रममा तीनै बालबालिका डुबेर बेपत्ता भएका थिए । डुबेकामध्ये शेख खुर्सैदकी १० वर्षीया छोरी रौशन खातुन अझै बेपत्ता छिन् ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईका अनुसार बेपत्ता बालिकाको खोजी तीव्र पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली उद्धारका लागि परिचालन गरिएको छ ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट ९ सदस्यीय डुबान उद्धार टोली खटिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ९ : १८ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण