युरोपमा आज पहिलो दुर्लभ खग्रास सूर्यग्रहण, एसियामा किन देखिँदैन ? « Khabarhub

युरोपमा आज पहिलो दुर्लभ खग्रास सूर्यग्रहण, एसियामा किन देखिँदैन ?


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज युरोपमा सन् १९९९ पछिको पहिलो दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, उत्तर आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट पूर्ण रूपमा देखिनेछ ।

नेपालसहित दक्षिण एसिया र एसिया महादेशका अधिकांश भागबाट भने यो खगोलीय घटना देखिने छैन ।

अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार पूर्ण खग्रास ग्रहणको मुख्य मार्गमा करिब १ करोड ५० लाख मानिस पर्नेछन् भने उत्तरी गोलार्धका अन्य स्थानबाट करिब ९८ करोड मानिसले आंशिक ग्रहण अवलोकन गर्न सक्नेछन् ।

उत्तरी रुसबाट सुरु हुने चन्द्रमाको पूर्ण छाया ग्रिनल्यान्ड, आइसल्यान्ड र आन्ध्र महासागर हुँदै स्पेनसम्म पुग्नेछ । अधिकांश स्थानमा पूर्ण ग्रहणको अवधि दुई मिनेट वा सोभन्दा कम रहनेछ । स्पेनका लियोन, जारागोजा र भ्यालेन्सिया तथा आइसल्यान्डको रेक्जाभिकजस्ता सहरबाट खग्रास ग्रहणको स्पष्ट दृश्य देखिनेछ ।

एसियामा किन देखिँदैन ?

सूर्य, चन्द्रमा र पृथ्वीको विशिष्ट ज्यामितीय अवस्थितिका कारण सूर्यग्रहण पृथ्वीको निश्चित भूभागबाट मात्र देखिन्छ । आजको ग्रहणमा चन्द्रमाको पूर्ण छाया उत्तरी गोलार्धको उच्च अक्षांश भएर जाने र नेपाल उक्त छायाको दायराभन्दा बाहिर परेकाले यहाँबाट ग्रहण देखिने छैन ।

भारतबाट पनि यो ग्रहण नदेखिने भएकाले धार्मिक वा परम्परागत दृष्टिकोणले प्रभाव बार्न आवश्यक नरहेको जनाइएको छ ।

युरोपका पेरिस, लन्डन र बर्लिनका साथै उत्तर अमेरिकाको अलास्का र क्यानडाका केही भागबाट आंशिक ग्रहण देखिनेछ । यसपछिको अर्को खग्रास सूर्यग्रहण २ अगस्ट २०२७ मा हुने नासाले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १० : ०७ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण