हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी « Khabarhub

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको भन्दै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘हर्मुज मार्ग’ अमेरिकी सेनाको पूर्ण नियन्त्रण कायम रहेको दाबी गरेका छन् ।

जोइन्ट बेस एन्ड्र्युजमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको मामिला निकै राम्रोसँग अघि बढिरहेको बताए । “इरानसँगको स्थिति राम्रो भइरहेको छ, एकदमै राम्रो । हर्मुज मार्गमा हाम्रो पूर्ण नियन्त्रण छ । हामीबाहेक अरू कसैको त्यहाँ नियन्त्रण छैन,” ट्रम्पले भने, “हाम्रो जलसेना पत्याउनै नसकिने गरी शक्तिशाली छ र देशका लागि सबै कुरा राम्रो भइरहेको छ ।”

इरानमाथि आफूलाई पटक्कै विश्वास नरहेको टिप्पणी गर्दै उनले थपे, “म इरानलाई विश्वास गर्ने अन्तिम व्यक्ति हुँ, उनीहरूले मलाई लगातार ढाँटेका छन् । तर अहिले हर्मुज मर्गमा हाम्रो पूर्ण नियन्त्रण छ, उनीहरूको नियन्त्रण छैन ।”

विश्वव्यापी इन्धन आपूर्ति र व्यापारिक हिसाबले निकै संवेदनशील मानिने हर्मुज क्षेत्रमा इरान र अमेरिकाबीच लामो समयदेखि तनाव जारी रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १० : ३३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी