श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउने श्रीमान पक्राउ « Khabarhub

श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउने श्रीमान पक्राउ


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

भेरीगङ्गा नगरपालिका–१३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका श्रीमान ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।

मङ्गलबार साँझ शरीरमा पेट्रोल छरी आगो सल्काएको अवस्थामा १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी थिइन् । तत्काल शरीरको आगो निभेपछि छोरी पुष्पाले आमाको उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत लगेकी थिइन् ।

अनुहार, घाँटी र शरीरको विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको अवस्थामा रानालाई अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनका अनुसार महेश्वरीलाई थप उपचारका लागि मङ्गलबार नेपालगन्ज सिफारिस (रेफर) गरिएको र त्यहाँ पनि सम्भव नहुने देखिएपछि राति साढे ११ बजे भारतको लखनउ रेफर गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ११ : ०० बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण