सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी « Khabarhub

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत सञ्चार उपकरण ढुवानी गरेको छ । भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट सामान पुर्‍याउन असम्भव भएपछि मङ्गलवार सेनाको हेलिकप्टर प्रयोग गरिएको हो ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साउन ८ गते बडीमालिकामा तत्काल दूरसञ्चार सेवा पुर्‍याउन टेलिकमलाई निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि नेपाल टेलिकमले बडीमालिका र त्रिवेणी नगरपालिकाका प्रमुखसँग समन्वय गरी पूर्वाधार निर्माण र उपकरण ढुवानीको काम अघि बढाएको हो ।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार साउन १८ गतेदेखि नै उपकरण पुर्‍याउने प्रयास गरिए पनि प्रतिकूल मौसमका कारण ढिलाइ भएको थियो । मङ्गलवार हेलिकप्टरबाट तोकिएको स्थानसम्म सामान पुर्‍याइए पनि त्यहाँबाट जडानस्थलसम्म करिब चार हजार किलोग्राम सामग्री स्थानीय जनशक्तिमार्फत बोकाएर लैजानुपर्ने चुनौतीपूर्ण अवस्था छ ।

समुद्री सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा रहेको बडीमालिकामा सञ्चार सेवा नहुँदा स्थानीयका साथै तीर्थयात्री र पर्यटकले ठूलो सास्ती खेप्दै आएका थिए । टेलिकमले बडीमालिकामा प्रारम्भिक चरणमा ४जी सेवा सञ्चालन गर्ने तयारी गरेको छ । जडानस्थलमा सामग्री पुगेपछि आगामी पाँच दिनभित्र साइट सञ्चालनमा आउने टेलिकमको अनुमान छ ।

टेलिकमले यसअघि नै डोल्पाको ल्हान र ताप्लेजुङको ओलाङचुङगोला मा फोरजी सेवा विस्तार गरिसकेको छ भने सगरमाथा आधार शिविर क्षेत्रमा पनि फोरजी विस्तारको अध्ययन भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ११ : ४० बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै