दश वर्षको प्रेमपछि रोनाल्डो-जर्जिनाको विवाह, यसरी बनेको थियो उनीहरूको प्रेमकथा « Khabarhub

दश वर्षको प्रेमपछि रोनाल्डो-जर्जिनाको विवाह, यसरी बनेको थियो उनीहरूको प्रेमकथा


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको जीवनमा अब अर्को विशेष अध्याय थपिएको छ । मैदानमा विश्वभर चर्चा बटुल्दै आएका रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन् । 

पोर्चुगलको कास्काइसमा मंगलबार भएको निजी नागरिक समारोहमा उनीहरूले वैवाहिक जीवन सुरु गरेका हुन् । 

विवाहपछि रोनाल्डो र जर्जिनाले सामाजिक सञ्जालमा हातमाथि हात राखिएको र विवाहको औँठी देखिने तस्बिर सार्वजनिक गरे।  उनीहरूको यो तस्बिर सार्वजनिक भएसँगै विश्वभरका समर्थकले शुभकामना दिइरहेका छन् ।

रोनाल्डो र जर्जिनाको प्रेमकथा सन् २०१६ बाट सुरु भएको थियो। त्यतिबेला रोनाल्डो रियल मड्रिडबाट खेलिरहेका थिए भने जर्जिना म्याड्रिडस्थित गुच्चीको पसलमा काम गर्थिन् । 

पहिलो भेटमै आफूहरूबीच विशेष सम्बन्ध बनेको जर्जिनाले यसअघि बताएकी थिइन् । त्यसपछि उनीहरूको सम्बन्ध लगातार बलियो बन्दै गयो र करिब एक दशकपछि विवाहमा परिणत भएको हो । 

यसबीच उनीहरूले पाँच सन्तानसहितको परिवार बनाएका छन्। तर उनीहरूको यात्रामा पीडादायी क्षण पनि आए। सन् २०२२ मा उनीहरूले नवजात छोरालाई गुमाएका थिए।

रोनाल्डोले जर्जिनालाई विवाह प्रस्ताव गरेको क्षण पनि निकै रोचक छ। उनका अनुसार जर्जिनाले ठूलो हिराको औँठी पाउने सपना देखेकी थिइन् । 

एक दिन छोरीहरू अलाना र इभासामु औँठी दिँदा उनीहरूले नै ‘ड्याडी, तपाईँ आमालाई विवाहको प्रस्ताव गर्न लाग्नुभएको हो ?’ भनेर सोधेपछि रोनाल्डोले त्यही क्षण प्रस्ताव गर्ने निर्णय गरेका थिए । उनले घुँडा टेकेर प्रस्ताव गर्नसमेत बिर्सिएको बताएका थिए ।

जर्जिनाले सन् २०२५ अगस्टमा इन्गेजमेन्टको घोषणा गरेकी थिइन् । उनको औँठीमा रहेको ठूलो हिराको मूल्य लाखौँ अमेरिकी डलर पर्ने अनुमान गरिएको थियो । 

४१ वर्षीय रोनाल्डो पाँच पटकका बालोन डी’ओर विजेता हुन् । जर्जिना भने मोडल तथा सामाजिक सञ्जाल प्रभावशाली व्यक्तित्वका रूपमा विश्वभर परिचित छन् ।

रोनाल्डोका लागि यो विवाह भव्य समारोहभन्दा पनि सम्बन्धको नयाँ सुरुवात हो । उनले यसअघि विवाहले आफूहरूको सम्बन्धमा ठूलो परिवर्तन नल्याउने, बरु जीवनको एउटा सुन्दर नयाँ अध्याय थप्ने बताएका थिए । 

यसरी मैदानमा गोल र कीर्तिमानका लागि चर्चित रोनाल्डोको व्यक्तिगत जीवनमा भने झन्डै एक दशक लामो प्रेमकथाले अन्ततः विवाहको सुखद मोड लिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १२ : ४३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया