अमेरिकी हेलिकप्टरले होर्मुजमा कार्गो जहाजमाथि मिसाइल प्रहार गरेको दाबी « Khabarhub

अमेरिकी हेलिकप्टरले होर्मुजमा कार्गो जहाजमाथि मिसाइल प्रहार गरेको दाबी


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्टेट अफ होर्मुजमा अमेरिकी नाकाबंदी तोड्ने प्रयास गर्ने कार्गो जहाजमा अमेरिकी हेलिकप्टरले मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ । 

युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समा अमेरिकी नौ –सेनाको एमएच–६० हेलिकप्टरले एम-भि वेला नोभा कार्गो जहाजले अमेरिकी सेनाले बारम्बार जारी गरेको  चेतावनीलाई बेवास्ता गरी अगाडी बढ्ने प्रयास गरेपछि आक्रमण गरी अघि बढ्न नदिएको जनाएको छ  । 

 गत जुलाई –१४ मा इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी पुनस  स्थापित  गरेपछि इरान विरुद्धको एक महिना लामो युद्धमा अमेरिकाले जबरजस्ती जहाज रोकेको यो तेस्रो पटक भएको जनाइएको छ ।

सेन्टकमले मङ्गलबारसम्म नाकाबंदीको बेवास्ता गरी अगाडि खोज्ने तथा यस बन्दरगाहामा सञ्चालित अन्य जहाजलाई पुनः निर्देशित गरेको बताएको छ ।

सेन्टकमका अनुसार अमेरिकी सेनाले यस अघि अप्रिल –१३ देखि जुन –१८ सम्ममा इरानी बन्दरगाहहरू अवरुद्ध गरेको थियो, यस अवधिमा उनीहरूले नौवटा कार्गो जहाजहरू निष्क्रिय पार्नुका साथै १४० भन्दा बढी जहाज पुनः निर्देशित गरेको जनाइएको छ । 

इरानले युद्ध अघि तेल र ग्याँस ढुवानीका लागि प्रमुख मार्गको रुपमा रहेको स्टेट अफ होर्मुज पुनः खोल्नको लागि आफ्नो मुख्य सर्तको रूपमा संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहमा जारी  नाकाबंदी समाप्त गनु  पर्ने माग गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बारम्बार रणनीतिक जलमार्ग हार्मुज  संयुक्त राज्य अमेरिकाको कब्जा रहेको दावी गर्दै नाकाबन्दी जारी रहने अडान गरेका छन् ।  

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १२ : ५४ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका