स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिमा जुट्यो रास्वपा « Khabarhub

स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिमा जुट्यो रास्वपा


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने भएको छ।

रास्वपाले आगामी भदौ १ गतेदेखि स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘क्यान्डिडेट क्लब’ को आवेदन खुला गर्ने तयारी गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले उक्त क्लबमा आवेदन दिन सक्नेछन्।

जिम्मेवार, परिपक्व, योग्य र क्षमतावान व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउनका लागि छनोटको यस्तो प्रक्रिया अघि बढाउन लागिएको आचार्यले बताए।

क्यान्डिडेट क्लबमा आवेदन दिएपछि उम्मेदवारले प्रारम्भिक छनोट प्रक्रिया पार गर्नुपर्नेछ। पालिका तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले सम्बन्धित क्षेत्रका जनताको सहभागितामा हुने प्रारम्भिक छनोट प्रक्रियासमेत सामना गर्नुपर्ने रास्वपाको तयारी छ।

यसका लागि सम्बन्धित क्षेत्रका नागरिकले अनलाइनमार्फत मतदान गर्न सक्ने व्यवस्था ल्याउने तयारी गरिएको छ। पार्टीले उम्मेदवार छनोटमा पारदर्शिता र जनसहभागिता बढाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागेको जनाएको छ।

रास्वपाको तयारीअनुसार स्थानीय तहको उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीबाट टिकट पाउनुअघि दुईदेखि तीन चरणको छनोट प्रक्रिया पार गर्नुपर्नेछ। त्यसपछि मात्रै अन्तिम उम्मेदवारका रूपमा टिकट दिने व्यवस्था गरिने पार्टीले जनाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १२ : ५८ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै