बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी « Khabarhub

बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्‍याइएको हो । 
    
बडीमालिका बाजुरा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हो । बडीमालिका मन्दिर समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले यही साउन ८ गते बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएपछि नेपाल टेलिकमले उपकरण जडानमा सक्रियता देखाएको हो ।

सञ्चारमन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग त्यहाँ आवश्यक पर्ने दूरसञ्चार पूर्वाधार, सम्भावित जडानस्थल र सडक सञ्जालको अवस्थाबारे समेत छलफल गरेका थिए।

भौगोलिक कठिनाइका कारण सडकमार्फत उपकरण तथा सामग्री पुर्‍याउन सम्भव नदेखिएपछि हेलिकप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाउन उनले निर्देशन दिएका थिए ।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको जानकारी दिए ।

सामग्री ढुवानी, जनशक्ति व्यवस्थापन तथा स्थानीय तहबाट गर्न सकिने आर्थिक र अन्य सहयोगका विषयमा बडीमालिका तथा त्रिवेणी नगरपालिकाका प्रमुखसँग छलफल भइरहेको बताइन्छ । जडानस्थलमा आवश्यक सामग्री पुगेको करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले यसअघि साउन महिनाभित्रै बडीमालिकामा सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो । प्रारम्भिक रूपमा साउन ३० गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य रहे पनि प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण केही समय थप लाग्ने भएको बुझिन्छ ।

सरकारले देशका दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । दुर्गम भूगोलमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको योजनाअनुसार बडीमालिका मन्दिर क्षेत्रमा तत्काल फोर–जी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको टेलिकमले जनाएको छ ।

यसअघि नै केही उच्च हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको काम अघि बढिसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित लहान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार ९०० मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार ४०० मिटर उचाइमा फोर–जी सेवा सुरु भइसकेको छ ।

देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा समेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यअनुसार दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो ।

हाल देशभर दूरसञ्चार सेवाको पहुँच तथा गुणस्तर विस्तारका लागि करिब एक हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । 

ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै करिब रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।
 

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १ : १९ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा