मदनकृष्णको बायोपिकमा वर्षाको प्रवेश, हरिवंशको श्रीमतीको भूमिका निर्वाह गर्ने « Khabarhub

मदनकृष्णको बायोपिकमा वर्षाको प्रवेश, हरिवंशको श्रीमतीको भूमिका निर्वाह गर्ने


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’मा नायिका वर्षा राउतको प्रवेश भएको छ ।

निर्माण पक्षका अनुसार उनी हरिवंशको श्रीमती रमिला पाठकको भूमिका निर्वाहका गर्ने गरी अनुबन्ध भएकी हुन् ।

यसअघि नै हरिवंशको भूमिकामा नायक अरुण क्षेत्री अनुबन्ध भएका थिए । मनदकृष्णको बायोपिक भए पनि उनका सहकर्मी हरिवंशको भूमिका फिल्ममा बलियो रहेन बताइएको छ ।

मदनकृष्ण र हरिवंशको जोडी (मह जोडी) लाई आदर्शका रुपमा लिइन्छ । उनीहरूले पाँच दशक लामो सहकार्य गरेका छन् ।

मदनकृष्णको भूमिकामा नायक महेश त्रिपाठी अनुबन्ध भएका छन् । उनी श्रीमती यसोदा सुबेदीको भूमिकामा नायिका केकी अधिकारी पक्का भएकी छन् ।

निर्देशक मिलन चाम्सले यो बायोपिक बनाउन लागेका हुन् ।

मिलन यसपछि हरिवंशको बायोपिक बनाउने तयारीमा छन् । उक्च बायोपिकको शीर्ष भूमिकामा अरुण फाइनल भएका छन् । उक्त बायोपिकमा बर्षाले पनि निरन्तरता पाउने बुझिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १ : ५४ बजे

पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं – मनाङको चामेमा पहिरो खसेपछि मर्स्याङ्दी नदीको बहाव प्रभावित

बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

गुल्मी – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय

नारायणी पुल अचानक बन्द हुँदा हजारौँ यात्रु रोकिए (तस्बिरहरू)

काठमाडौं– नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौ यात्रु प्रभावित

भारतमा बाढीपहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित

नयाँ दिल्ली- उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको