ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना « Khabarhub

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ ।
 
त्यहाँस्थित फ्राइन्डस रेष्ट्रोले १५० रुपैयाँमा खुवाउँदै आएको सादा खाना ग्यास नपाएर समस्यामा परेका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई १०० रुपैयाँमा खुवाउन सुरु गरेको सञ्चालक कृष्णप्रसाद ढकालले जानकारी दिए ।

एउटा मात्र सिलिन्डर भएकालाई खाली भएपछि भर्न नपाएसम्म समस्या भएको भन्दै उनले त्यस्ता नागरिकलाई लक्षित गरी तत्कालको समस्या समाधान होस् भनेर सहुलियतमा खाना खुवाउन थालिएको बताए ।

अत्यावश्यक भएकालाई वडामा नाम टिपाउन भनिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रशासनले क्लष्टर बेसमा दैनिक ग्यास बिक्री गर्न लगाएको बताए ।

दैनिक आठ हजार हाराहारी ग्यास समूह बेसमा बिक्री गरिएको छ । प्रशासनमा टोल फ्री नम्बरमा फोन गरेर ९९८ जनाले ग्यास लगिसकेका छन् भने क्लष्टर आउँदो शुक्रबार केन्द्रीय बसपार्कबाट समेत ग्यास बिक्री गर्न लगाइने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १ : ४० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी