फिल्म ‘साम्राज्य’मा सौगात र दयाहाङ « Khabarhub

फिल्म ‘साम्राज्य’मा सौगात र दयाहाङ


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौरभ चौधरीको निर्देशनमा बन्ने र बिग बजेट भनेर दाबी गरिएको फिल्ममा अहिलका चल्तीका दुई स्टार नायक अनुबन्ध भएका छन् ।

नायक दयाहाङ राई र नायक सौगात मल्ल फिल्मको शीर्ष भूमिकामा रहेका अनुबन्ध भएको निर्माण पक्षले जानकारी दिएको छ ।

यी दुई नायकको एकै फिल्म ‘लुट’बाट उदाएका हुन् । तर, पछिल्लो समय उनीहरूको सहकार्य बक्स अफिसमा जम्न सकेको छैन ।

तथापि, दुई स्टार नायकको प्रवेशले ‘साम्राज्य’प्रति दर्शकको चासो बढाएको छ ।

दर्शक सरप्राइज हुने गरी अरु कलाकार पनि अनुबन्ध गर्ने क्रम जारी रहेको निर्देशक चौधरीले बताए ।

उनले भने, ‘यी दुई नामसँगै हामीसँग अझै सरप्राइजिङ नाम बाँकी नै छ । हामी यो पटक हाम्रो राम्रो र प्रतिक्षित फिल्म बनाउन कुनै पनि कसर बाँकी राख्ने छैनौँ । दर्शकलाई सकेसम्म राम्रो र स्तरीय सिनेमा दिनु हाम्रो उद्देश्य हो ।’

सौरभ र सौगातको यो दोस्रो सहकार्य हो । दयाहाङ र सौरभ भने पहिलो सहकार्यको तयारीमा छन् ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म उपन्यासकार बुद्धिसागरले लेखेका हुन् । भदौ पहिलो साताबाट यसको सुटिङ सुरु गर्ने र ७० दिन लगाएर खिच्ने योजनामा सौरभ रहेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १ : ५८ बजे

भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता

सुर्खेत- सर्खेतबाट सल्यानतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो भेरी नदीमा

एमाले अनिर्णयको बन्दी बनेपछि केन्द्रीय कमिटी बैठक बोलाउन दबाब, पार्टी पुनर्गठन गर्न माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली– चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा

युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार,

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण