फिल्म ‘साम्राज्य’मा सौगात र दयाहाङ « Khabarhub

फिल्म ‘साम्राज्य’मा सौगात र दयाहाङ


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौरभ चौधरीको निर्देशनमा बन्ने र बिग बजेट भनेर दाबी गरिएको फिल्ममा अहिलका चल्तीका दुई स्टार नायक अनुबन्ध भएका छन् ।

नायक दयाहाङ राई र नायक सौगात मल्ल फिल्मको शीर्ष भूमिकामा रहेका अनुबन्ध भएको निर्माण पक्षले जानकारी दिएको छ ।

यी दुई नायकको एकै फिल्म ‘लुट’बाट उदाएका हुन् । तर, पछिल्लो समय उनीहरूको सहकार्य बक्स अफिसमा जम्न सकेको छैन ।

तथापि, दुई स्टार नायकको प्रवेशले ‘साम्राज्य’प्रति दर्शकको चासो बढाएको छ ।

दर्शक सरप्राइज हुने गरी अरु कलाकार पनि अनुबन्ध गर्ने क्रम जारी रहेको निर्देशक चौधरीले बताए ।

उनले भने, ‘यी दुई नामसँगै हामीसँग अझै सरप्राइजिङ नाम बाँकी नै छ । हामी यो पटक हाम्रो राम्रो र प्रतिक्षित फिल्म बनाउन कुनै पनि कसर बाँकी राख्ने छैनौँ । दर्शकलाई सकेसम्म राम्रो र स्तरीय सिनेमा दिनु हाम्रो उद्देश्य हो ।’

सौरभ र सौगातको यो दोस्रो सहकार्य हो । दयाहाङ र सौरभ भने पहिलो सहकार्यको तयारीमा छन् ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म उपन्यासकार बुद्धिसागरले लेखेका हुन् । भदौ पहिलो साताबाट यसको सुटिङ सुरु गर्ने र ७० दिन लगाएर खिच्ने योजनामा सौरभ रहेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १ : ५८ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी