तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल « Khabarhub

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आपूर्ति सहज बनाउन सम्बन्धित ग्यास उद्योग, डिलर तथा सङ्घीय निकायसँग समन्वय गरी आपूर्ति बढाउन पहल गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा ग्यासको अभाव भएको गुनासो आएपछि प्रशासनले सम्बन्धित उद्योगसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल आपूर्ति बढाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार देवघाट क्षेत्रमा ग्यासको अभाव भएको जानकारी पाएपछि चितवनमा रहेको सम्बन्धित ग्यास उद्योगसँग फोनमार्फत समन्वय गरी तनहुँमा आपूर्ति बढाउन आग्रह गरिएको छ । उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन उद्योगसँग आवश्यक समन्वय भइरहेको उनले बताए।

त्यस्तै, दमौली क्षेत्रमा समेत ग्यास आपूर्तिमा समस्या देखिएको जानकारी प्राप्त भएपछि तीन जना ग्यास डिलर सञ्चालकले प्रशासनलाई प्रत्यक्ष फोन गरी अवस्थाबारे जानकारी गराएका थिए । डिलरबाट ग्यास अभावको जानकारी आएलगत्तै प्रजिअ तिवारीले सम्बन्धित ग्यास उद्योगलाई दमौलीका लागि आपूर्ति बढाउन आग्रह गरेका हुन् ।

प्रजिअ तिवारीका अनुसार ग्यासको माग र आपूर्तिबीच सन्तुलन नमिल्दा जिल्लाका कतिपय स्थानमा उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था आएको हो । समस्या तत्काल समाधान गर्न स्थानीयस्तरमा मात्र नभई सङ्घीय तहमा समेत समन्वय भइरहेको उनले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवसँग समेत कुराकानी गरी तनहुँमा ग्यास आपूर्तिको अवस्थाबारे जानकारी गराइएको प्रशासनले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा देखिएको अभाव, डिलरले भोगिरहेको आपूर्ति समस्या तथा उपभोक्ताले ग्यासका लागि समस्या झेल्नुपरेको अवस्थाबारे सहसचिवलाई जानकारी गराउँदै जिल्लामा आपूर्ति बढाउन आवश्यक पहल गरिदिन आग्रह गरिएको प्रजिअ तिवारीले बताए ।

उहाँका अनुसार खाना पकाउने ग्यास सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु भएकाले जिल्लामा नियमित र सहज आपूर्ति सुनिश्चित गर्न प्रशासनले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको छ ।

यसैबीच, प्रशासनले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने वा कालोबजारी गर्ने गतिविधि हुन नदिन बजार अनुगमन तथा निगरानी बढाउने जनाएको छ । आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गर्न ग्यास उद्योग, डिलर तथा सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको प्रशासनको भनाइ छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  २ : ०२ बजे

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए

काठमाडौं- लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै

चान–होम चक्रवात पूर्वी जापानमा अवतरण

एजेन्सी– पश्चिमतर्फ सर्दै गरेको चान–होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको