चान–होम चक्रवात पूर्वी जापानमा अवतरण « Khabarhub

चान–होम चक्रवात पूर्वी जापानमा अवतरण


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमतर्फ सर्दै गरेको चान–होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा बुधवार अवतरण गरेको जापानको मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ ।

जापानमा चान–होम उल्लेखनीय रूपमा कमजोर भएको समयमा पनि मौसम विज्ञान विभागले यसको लामो प्रभावका कारण उत्तरपूर्वको तोहोकु क्षेत्र र टोकियो लगायत कान्टो–कोसिन क्षेत्रका नदीहरूमा सम्भावित बाढीको चेतावनी जारी गरेको छ ।

यस वर्षको १५ औँ टाइफुन, पूर्वबाट पश्चिममा सर्दै टोकियोको उत्तरपूर्वको इबाराकी प्रान्तमा अवतरण गर्ने पहिलो चक्रवात भएको जेएमएले जनाएको छ । 
 
 चक्रवातका कारण उत्तरपूर्वी जापानको इवाटे प्रान्तमा दुई जना, साथै इबाराकी प्रान्तमा चार जना र तोचिगी प्रान्तमा एक जना गरी सात जना घाइते भएको जिजी प्रेसले बुधबार आगो र प्रकोप व्यवस्थापन विभागलाई उदृत गर्दै रिपोर्ट गरेको छ ।

मौसम अधिकारीहरूले तोहोकु, टोकाईको मध्य क्षेत्र र पश्चिममा किन्की क्षेत्रमा २४ घण्टामा १२० मिमी सम्म वर्षा हुने पूर्वानुमान गरेका छन् ।
 

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  २ : ३९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली