गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार « Khabarhub

गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा रहेका दुई जनाको सफल हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिएको छ ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ निवासी ३८ वर्षीया शारदा बस्नेत विगत तीन दिनदेखि जटिल प्रसूति समस्याका कारण प्रसूति हुन नसकी स्वास्थ्य अवस्था गम्भीर बनेपछि चिकित्सकीय सिफारिसमा तत्काल हवाई उद्धार गरिएको हो । 

उनलाई हवाई उद्धारमार्फत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली ल्याई विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।

त्यसैगरी, आत्महत्याको प्रयासपछि गम्भीर स्वास्थ्य अवस्था उत्पन्न भई सल्ले अस्पतालमा उपचाररत एक युवालाई थप उपचार तथा आवश्यक सघन उपचार सेवा उपलब्ध गराउन चिकित्सकीय सिफारिसबमोजिम हवाई उद्धार गरिएको छ । 

उनलाई थप उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको छ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती, सुत्केरी तथा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।

आकस्मिक स्वास्थ्य अवस्थाका कारण तत्काल उपचार आवश्यक पर्ने नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण र विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न हवाई उद्धार सेवालाई प्रभावकारी रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ । 

दुर्गम भूगोलका नागरिकलाई संकटका बेला राज्यको संरक्षण र स्वास्थ्य सेवासँग तत्काल जोड्ने उद्देश्यले सञ्चालन भइरहेको यो कार्यक्रमले आपत्कालीन अवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ४ : ४० बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा