अमेरिका– इरान संवादलाई सहज बनाउन निरन्तर प्रयासरत पाकिस्तान « Khabarhub

अमेरिका– इरान संवादलाई सहज बनाउन निरन्तर प्रयासरत पाकिस्तान


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन र इस्लामाबाद समझदारी ज्ञापनपत्र (एमओयू) लाई अगाडि बढाउन मद्दत गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ ।

पत्रकारहरुसँगको साप्ताहिक साक्षात्कारमा बोल्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पाकिस्तान वार्ता र कूटनीतिका माध्यमबाट संकट समाधान गर्न सहयोग गर्ने निरन्तर प्रयासरत  रहेको बताएका हुन् । 

पाकिस्तान शान्तिका लागि आशावादी रहेको बताउँदै उनले तनाव बढेपछि पनि अमेरिका र इरानले वार्ता गरिरहेको बताएका छन् ।

अन्द्राबीले जारी चुनौतीहरूको बाबजुद इस्लामाबादले शान्ति प्रवर्द्धन गर्ने प्रयासहरू जारी राख्ने कुरामा जोड दिँदै पाकिस्तान बढ्दो तनावबाट निरुत्साहित नभएको र स्थितिमा सुधार हुँदा आशावादी रहेको बताए । 

बाँकी चुनौतीहरूको समाधान गर्ने उद्देश्यले रचनात्मक वार्ताको निरन्तरता सुनिश्चित गर्न पाकिस्तानले प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट विरोध गर्नेहरूको प्रयासलाई प्रतिरोध जारी राख्ने प्रवक्ता अन्द्राबीले बताएका छन् । 

पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नकवी हाल इरानको भ्रमणमा हुनुहन्छ जहाँ उनले इरानी नेतृत्वसँग शान्ति प्रयास र द्विपक्षीय सम्बन्धबारे छलफल गरिरहेको जनाइएको छ ।
 

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ४ : ५४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी