अत्यधिक गर्मी बढेपछि बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन « Khabarhub

अत्यधिक गर्मी बढेपछि बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन हुने भएको छ । 

वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेकाले महानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । 

महानगरपालिकाको शिक्षा महाशाखाले आज सूचना जारी गर्दै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी यही साउन २८ र २९ गते विद्यालयमा बिहानको समयमा मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

‘आकस्मिक रूपमा अत्यधिक गर्मी बढेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै यही साउन २८ र २९ गते अनिवार्य रूपमा बिहानी सत्रमा बिहान ६ः०० बजेदेखि ०९ः३० बजेसम्म सम्पूर्ण विद्यालयले कक्षा सञ्चालन गर्नु गराउनुहुन आदेशानुसार जानकारी गराइन्छ’, महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।   

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ६ : ४६ बजे

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका