निर्वाचन प्रहरीको खरिद कागजात पेश गर्न सरकारलाई निर्देशन « Khabarhub

निर्वाचन प्रहरीको खरिद कागजात पेश गर्न सरकारलाई निर्देशन


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले निर्वाचन प्रहरीको पोशाक एवं अन्य सामग्री खरिद र सम्झौता सम्बन्धी कागजात पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले हालैसम्पन्न निर्वाचनमा भर्ना गरिएका निर्वाचन प्रहरीको पोशाक एवं अन्य सामग्री खरिद र सम्झौता सम्बन्धी कागजातहरू १५ दिनभित्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले खरिद सम्बन्धी आन्तरिक कार्यविधि,  सम्पूर्ण ठेक्का फाइलहरू, लागत अनुमान, स्पेसिफिकेसन र नमुनाहरू तथा बोलपत्र, प्राविधिक तथा आर्थिक मूल्याङ्कन, सम्झौता र आपूर्ति विवरण पेश गर्न निर्देशन दिएको छ । 

साथै गुणस्तर परीक्षण बिल तथा भुक्तानी विवरण र आपूर्तिकर्ताले विगतमा प्राप्त गरेका सामान/ठेक्काको विवरणहरू समेत उपलब्ध गराउन निर्देशन दिइएको समिति सभापति भरत बहादुर खड्काले जानकारी दिए । 

गृह मन्त्रालयबाट कागजातहरू प्राप्त भएपछि समितिले विस्तृत अध्ययन गर्ने उनले बताए । 

बैठकमा सांसदहरूले रास्वपा सांसदहरूले गृह सचिव र आईजीपीलाई जिम्मेवारीबाट निकालेर छानबिन गर्न माग गरेका थिए ।

रास्वपा सांसद खगेन्द्र सुनुवारले निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियतता भएको भन्ने विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने भन्दै समिति बनेपछि हालका गृह सचिव र र प्रहरी महानिरीक्षक पदमा बस्न नमिल्ने बताए ।

नेकपा सांसद वर्षमान पुनले भने सार्वजनिक निकायमाथिको उजुरीका छानबिन र अध्ययन तथ्य र प्रमाणमा आधारित हुनुपर्ने धारणा राखेका थिए ।

सांसदहरूले धारणा राखेपछि गृह मन्त्रालयका सचिव राज कुमार श्रेष्ठले निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान भए आफूले सहयोग गर्ने बताए । 

उनले छानबिनका सन्दर्भमा आफू र आफ्नो परिवारको बैंक खाता छानबिन गर्न आग्रह गरे ।

त्यस्तै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समितिमा हुर्मत लिने किसिमको परिस्थिति सिर्जना भएको भन्दै आपत्ति जनाए । उनले प्रहरीकोमा पनि धेरै निवेदन परेको भन्दै यस्ता उजुरी खोले धेरै गाह्रो पर्ने बताएका थिए ।

त्यस्तै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सार्वजनिक खरिद नियमावली, २०६४ को पूर्ण पालना गरेर खरिद प्रक्रिया अघि बढाइएको बताएका थिए । 

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ६ : १५ बजे

‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’

काठमाडौं– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई

गगनलाई धम्क्याउन ‘देउवा’ अस्त्र प्रयोग गर्दै इतर समूह

काठमाडौं– नेपाली कांग्रेसमा शीर्ष नेतासहित युवा पूर्व सभापति शेरबहादुर देउवालाई

बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले देशभर सञ्चालनमा रहेका

अत्यधिक गर्मी बढेपछि बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

वीरगञ्ज– अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालयमा दुई दिन बिहान मात्रै