बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन « Khabarhub

बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले देशभर सञ्चालनमा रहेका बाल सुधार गृहको भौतिक पूर्वाधार, क्षमता, जनशक्ति तथा बालबालिकाको अवस्था समेटिएको विस्तृत प्रतिवेदन ४५ कार्यदिनभित्र पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
       
सिंहदरबारस्थित समितिमा आज भएको बैठकले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई अन्य सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी उक्त प्रतिवेदन तयार गर्न निर्देशन दिएको हो । 

बैठकले मुलुकभर सञ्चालित बाल सुधार गृहमा रहेको भौतिक पूर्वाधारको अवस्था, स्वीकृत क्षमता र वास्तविक सङ्ख्या, क्षमताभन्दा बढी बालबालिका राखिएको अवस्था तथा उमेर र कसुरको प्रकृतिअनुसार उपयुक्त व्यवस्थापन भए–नभएको स्पष्ट पार्न भनेको छ ।
       
साथै आवास तथा सरसफाइ, खानपान तथा पोषण, स्वास्थ्य सेवा, शिक्षा, मनोसामाजिक परामर्श, खेलकुद, सीप विकास, मनोरञ्जन, सुरक्षा व्यवस्था, बालमैत्री वातावरण तथा सुधार र पुनः स्थापनाका कार्यक्रमको अवस्थासमेत प्रतिवेदनमा समेट्न निर्देशन दिइएको छ ।

यसअघि समितिको स्थलगत अनुगमनबाट समेत कतिपय बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राखिएको, भौतिक पूर्वाधार अपर्याप्त रहेको तथा व्यवस्थापनमा समस्या देखिएकाले सुधारका लागि समितिले अग्रसरता लिएको हो ।
       
बाल सुधारगृहको भौतिक पूर्वाधार र मानव संसाधनको विस्तृत अवस्था, देखिएका समस्या, सुधार गर्नुपर्ने क्षेत्र तथा आवश्यक कार्ययोजनासहितको प्रतिवेदन समितिसमक्ष पेस गर्न भनिएको छ । 

समितिका सभापति आकृति अवस्थीको सभापतित्वमा भएको उक्त बैठकले सो मन्त्रालयलाई नेपाल सरकारको मातहतमा रहेका तथा निजी एवं सङ्घसंस्थाबाट सञ्चालित बाल गृह, वृद्धाश्रम र महिला सुरक्षित आवास गृहको तथ्याङ्क सङ्कलन गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ६ : ५१ बजे

आईजीपी कार्कीको आक्रोश, ‘हामी नै सबैभन्दा काम नलाग्ने मानिस रहेछौँ कि जस्तो लाग्यो’

काठमाडौं– निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितताको उजुरीबारे संसद्को सार्वजनिक लेखा

एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई

एमाले प्रतिवेदनको निष्कर्ष : फागुनको चुनावी नतिजा पार्टी जीवनकै लज्जास्पद, कार्यकर्ता सम्पर्कमा आउनै छाडे

काठमाडौं– नेकपा एमालेले आमनिर्वाचन २०८२ मा व्यहोरेको पराजयलाई पार्टी जीवनकै

सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौं– सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै

‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’

काठमाडौं– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई