‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’ « Khabarhub

‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् । 

नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश डा. शर्माले कानुन व्यवसायीले नैतिक मूल्यमान्यताप्रति प्रतिबद्ध भएर न्यायिक मर्यादा कायम गर्ने गरी काम गर्नुपर्ने बताए। 

उनले स्वतन्त्र, निष्पक्ष र इमानदारी पूर्वक कानुन व्यवसाय गर्न र परिषद्को निरन्तर विकास तथा उन्नतिको कामना गरे। आत्ममूल्यांकन गर्ने दिनका रूपमा आत्मसमीक्षा गरी पारदर्शिता र जवाफदेहिताको सफल अभ्यास गर्न उनले आग्रह गरे। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीन दशकदेखि निरन्तर काम गर्दै परिषद्ले न्याय समाजको मार्गदर्शकको रूपमा काम गरिरहेको बताइन्। उनले आगामी दिनमा कानुन व्यवसायीलाई लाइसेन्स दिने संस्था मात्रै नभएर व्यावसायिक सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिइन्। 

महान्यायाधिवक्ता तथा परिषद्का अध्यक्ष डा. नारायणदत्त कँडेलले परिषद्को आत्ममूल्यांकनको दिनका रूपमा मनाइएको र आगामी दिनमा थप व्यावसायिक तथा  पारदर्शी तरिकाले काम गर्ने बताए। उनले परिषद्को संरचना प्रदेशस्तरमा पनि विस्तार गर्ने उल्लेख गर्दै सक्षम र मर्यादित कानुन व्यवसायी बनाई विधिको शासनमा सघाउ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले पारदर्शी तरिकाले परिषद्ले काम गरेको भन्दै कानुनी व्यवसायीको हकहितका लागि बारले निरन्तर काम गर्ने बताए। कार्यक्रममा ५० वर्ष वकालत गरेका कानुन व्यवसायी तथा परिषद्को परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । 

परिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता रविनारायण खनालले कानुन व्यवसायीको क्षमता अभिवृद्धि गर्न  विभिन्न कार्यक्रम गर्दैआएको जानकारी दिए । विसं २०५१ साउन २७ गते स्थापना भएको परिषद्मा २४ हजारभन्दा बढी कानुन व्यवसायी आवद्ध छन् । 
 

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ७ : १२ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

रेसुङ्गामा श्रद्धालुको घुइँचो

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र