एमाले प्रतिवेदनको निष्कर्ष : फागुनको चुनावी नतिजा पार्टी जीवनकै लज्जास्पद, कार्यकर्ता सम्पर्कमा आउनै छाडे « Khabarhub

एमाले प्रतिवेदनको निष्कर्ष : फागुनको चुनावी नतिजा पार्टी जीवनकै लज्जास्पद, कार्यकर्ता सम्पर्कमा आउनै छाडे


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले आमनिर्वाचन २०८२ मा व्यहोरेको पराजयलाई पार्टी जीवनकै गम्भीर र लज्जास्पद धक्काका रूपमा समीक्षा गरेको छ।

निर्वाचन परिचालन समितिले तयार पारेको समीक्षा प्रतिवेदनले पराजयपछि पार्टीको सांगठनिक गतिविधि कमजोर हुनुका साथै कार्यकर्तामा निराशा बढेको निष्कर्ष निकालेको हो।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेल सम्मिलित निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवेदनमा निर्वाचन परिणामले पार्टीको सांगठनिक जीवनमै गम्भीर असर पारेको उल्लेख छ। पराजयपछि पार्टी कार्यकर्ताको सक्रियता घटेको, सदस्यता नवीकरण सुस्त बनेको र कतिपय कार्यकर्ता पार्टीसँग सम्पर्कमै आउन नचाहने अवस्था देखिएको प्रतिवेदनमा जनाइएको छ।

निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनलाई प्राथमिकता दिनुपर्ने भए पनि तल्लो तहका कमिटीहरूमा समीक्षा प्रक्रियाप्रति गम्भीर उदासीनता देखिएको प्रतिवेदनले औँल्याएको छ। कतिपय कमिटीका बैठक बस्न छाडेको, बैठक बसे पनि सदस्यहरू छलफलमा सक्रिय नभएको तथा औपचारिक कार्यक्रमहरूमा समेत सहभागिता कमजोर भएको उल्लेख गरिएको छ।

प्रतिवेदनले पार्टीलाई वर्तमान अवस्थाबाट बाहिर निकाल्न विगतका कमजोरी स्वीकार गर्दै गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएको छ। त्यसका लागि पार्टीको पुनर्गठन गर्दै नयाँ ढंगले अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको छ।

एमालेले विगतमा झापा विद्रोह, दासढुंगा काण्ड, पार्टी विभाजन, संविधानसभा निर्वाचनमा पराजय तथा २०७८ को पार्टी विभाजनजस्ता चुनौती पार गर्दै आएको स्मरणसमेत प्रतिवेदनमा गरिएको छ। अहिलेको निर्वाचन पराजयलाई पनि पार्टी समाप्तिको अवस्था नभई गम्भीर पुनर्निर्माणको चुनौतीका रूपमा लिनुपर्ने प्रतिवेदनको निष्कर्ष छ।

पार्टीलाई शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणसहित पुनर्गठन गर्नुपर्नेमा जोड दिँदै प्रतिवेदनले त्यसका लागि विभिन्न सुधारका प्रस्ताव अघि सारेको छ। संगठनात्मक पुनर्संरचना, नेतृत्व रूपान्तरण, युवाकेन्द्रित अभियान, जनमुखी एजेन्डा, जनप्रतिनिधिको जवाफदेहिता, पार्टी अनुशासन तथा आन्तरिक लोकतन्त्र सुदृढीकरण र प्रभावकारी डिजिटल संगठन निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको छ।

प्रतिवेदनले निर्वाचनमा भएको पराजयबाट पाठ सिकेर संगठनलाई पुनर्जीवित गर्न सके एमालेले नयाँ आधारमा अघि बढ्न सक्ने संकेत गरेको छ। त्यसका लागि नेतृत्वदेखि तल्लो तहसम्म आत्मसमीक्षा र सुधारको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ७ : २८ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा