रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी « Khabarhub

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक जहाज कब्जा गरे त्यसको जवाफमा रूसले पनि प्रतिशोधात्मक कदम चाल्ने चेतावनी दिएका छन् ।

प्रशान्त महासागरमा रूसी नौसेनाको अभ्यासको अन्तिम चरणका क्रममा बुधबार बोल्दै पुटिनले केही देशका अधिकारीले अन्तरराष्ट्रिय समुद्री कानुन उल्लङ्घन गर्दै रुसी आर्थिक संस्थाका जहाज तथा अन्य शान्तिपूर्ण पानीजहाजको आवागमनमा अवरोध सिर्जना गर्न खोजेको बताए । “यदि उनीहरूले हाम्रा जहाज कब्जा गर्छन् भने हामी पनि त्यस्तै गर्नेछौँ,” पुटिनले भने ।

पुटिनको टिप्पणी युरोपेली नौसैनिक फौजले रुसी ‘छाया फ्लीट’ अन्तर्गतका भनिएका जहाजमाथि निगरानी, अवरोध र निरीक्षण बढाएका बेला आएको हो । भूमध्यसागरमा इटालीको नेतृत्वमा युरोपेली सङ्घ (इयू)ले सञ्चालन गरेका गतिविधि पनि यसमा समावेश छन् ।

जुलाईको अन्त्यमा इयूले थप ४१ वटा ‘छाया फ्लीट’ जहाजलाई बन्दरगाहमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो । साथै, रूसलाई तरल प्राकृतिक ग्यास (एलएनजी) ढुवानी गर्ने ट्याङ्कर बिक्री गर्दा अनिवार्य रूपमा जानकारी गराउनुपर्ने व्यवस्था पनि गरेको थियो ।

रूसले पश्चिमी मुलुकले युक्रेन युद्धका कारण लगाएका प्रतिबन्ध छल्न ‘छाया फ्लीट’ प्रयोग गर्दै आएको आरोप लाग्दै आएको छ । ती जहाजमार्फत रूसी तेल तथा अन्य वस्तुको ढुवानी हुने गरेको पश्चिमी मुलुकको दाबी छ ।

पुटिनले जापानले रूसमाथि लगाएका प्रतिबन्धप्रति पनि आपत्ति जनाउँदै एसिया–प्रशान्त क्षेत्रमा तनाव बढिरहेको बताए ।“दुर्भाग्यवश, हामी परिस्थितिमा परिवर्तन देखिरहेका छौँ । यी परिवर्तन हाम्रोतर्फबाट भएका कुनै पनि गतिविधिका कारण उत्पन्न भएका होइनन्,” उनले भने ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ८ : २८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी