हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै « Khabarhub

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयको विदेश बसाइपछि आज बुधबार नेपालका लागि प्रस्थान गरेका छन् । उपचारका क्रममा करिब पाँच महिनादेखि विदेशमा रहेका देउवा हङकङबाट नेपाल फर्किन लागेका हुन् ।

देउवा उपचारका लागि लामो समय सिंगापुर र हङकङमा बसेका थि ए। पछिल्लो समय उनी हङकङमा रहेर स्वास्थ्य उपचार तथा फलोअप गराइरहेका थिए। यसअघि हङकङबाट थाइल्यान्डको राजधानी बैंकक हुँदै नेपाल फर्किने कार्यक्रम तय भए पनि पछिल्लो समय उनको यात्रा कार्यक्रम परिवर्तन भएको हो ।

देउवा आज हङकङबाट नेपालका लागि प्रस्थान गरेको उनका निकट नेताहरूले बताएका छन् । देउवा लामो समयदेखि विदेशमा रहेकाले उनको स्वदेश फर्काइलाई नेपाली कांग्रेसभित्र पनि चासोका साथ हेरिएको छ। कांग्रेस संस्थापन इतर समूहले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला देउवा स्वदेश फर्किन लागेका हुन्।

यसअघि जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो। सो क्रममा देउवा दम्पतीमाथि समेत आक्रमण भएको थियो। त्यसपछि केही समय नेपालमै उपचार गराएपछि देउवा र उनकी पत्नी आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर गएका थिए।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ११ : २५ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्