अमेरिकामा उइग्युर समुदायका एक जनाको हत्यापछि चिनियाँ दमनलाई लिएर चिन्ता बढ्दो « Khabarhub

अमेरिकामा उइग्युर समुदायका एक जनाको हत्यापछि चिनियाँ दमनलाई लिएर चिन्ता बढ्दो


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको क्यालिफोर्नियास्थित चिनो काउन्टीमा उइग्युर समुदायका एक व्यक्तिको अपहरणपछि हत्या भएको छ । गत जुलाई २९ तारिखको राति १०:१५ बजेतिर आफ्नै निवासबाहिर ६० वर्षीय शुकुर ऐकबैरको झेङफेङ बो र जियानक्वान बो नामक दुई व्यक्तिले अपहरण गरी हत्या गरेको विवरण बाहिर आएको छ। यस घटनाले विश्वभरका उइग्युर समुदायमा ठूलो त्रास र हलचल पैदा गरेको छ।

घटनास्थलमा प्रहरीको कारबाहीका क्रममा अपहरणमा संलग्न झेङफेङ बो मारिएका छन् भने अर्का शंकास्पद व्यक्ति जियानक्वान बोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धानकर्ताहरूले घटनाको यकिन उद्देश्य हालसम्म खुलाएका छैनन्। यद्यपि, यो घटनाले यसअघि उज्बेकिस्तानमा भएको यस्तै प्रकृतिको अर्को घटनाको झल्को दिएको छ । सन् २०२४ को जुलाईमा तास्केन्टस्थित अपार्टमेन्टमा उइग्युर इतिहासकार आब्लेहेत काहारको पनि हत्या गरिएको थियो, जसबारेको अनुसन्धानलाई ओझेलमा पारिएको थियो र उनको निवासमा रहेका उइग्युर ऐतिहासिक संग्रहहरू पनि गायब पारिएका थिए।

यी दुवै घटनाले सिन्जियाङ (पूर्वी तुर्केस्तान) बाट भौगोलिक रूपमा टाढा रहे पनि उइग्युर समुदायका नागरिकहरूको सुरक्षा सुनिश्चित नभएको यथार्थलाई उजागर गरेका छन्। विगत एक दशकयता चीनले आफ्ना सीमा बाहिर रहेका उइग्युरहरूको आवाज दबाउन निगरानी, धम्की, परिवारलाई प्रताडित गर्ने र देश निकाला गर्ने प्रयासहरू तीब्र पारिरहेको छ। यस्ता गतिविधिहरूलाई सरकारहरूले आफ्नो भौगोलिक क्षेत्राधिकार बाहिर रहेका व्यक्तिहरूमाथि निगरानी र दबाब सिर्जना गर्ने अन्तरदेशीय दमनका रूपमा लिने गरिएको छ।

विश्लेषकहरूका अनुसार बेइजिङको प्रत्यक्ष कारबाही मात्र नभई चीनको बढ्दो राजनीतिक र आर्थिक प्रभावका कारण साझेदार सरकारहरूको माध्यमबाट समेत यस्तो दमन शैली फैलिरहेको छ, जसलाई प्रोक्सीमार्फत हुने अन्तरदेशीय दमन भन्न सकिन्छ। मध्य एसियाली देशहरूमा पनि यसको गहिरो प्रभाव पर्न थालेको छ, जसले गर्दा विदेशमा रहेका उइग्युरहरूको संस्कृति, भाषा र पहिचान संकटमा पर्दै गएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ४ : ०२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको