उइग्युर लडाकुलाई सेनामा समायोजन गर्ने र नागरिकता दिने नीतिले सिरिया-चीन सम्बन्ध चिसियो « Khabarhub

उइग्युर लडाकुलाई सेनामा समायोजन गर्ने र नागरिकता दिने नीतिले सिरिया-चीन सम्बन्ध चिसियो


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिरियाका राष्ट्रपति अहमद अल-शाराले विदेशी लडाकुहरूलाई सिरियाली सेनामा समायोजन गर्ने र नागरिकता प्रदान गर्ने नीतिको चीनले कडा विरोध गरेको छ। बेइजिङले यसलाई आफ्नो राष्ट्रिय सुरक्षामाथिको प्रत्यक्ष खतराका रूपमा लिएको छ।

सिरियाली सरकारले चीनको सिन्जियाङ प्रान्तका उइग्युर लडाकुहरू संलग्न ‘तुर्कस्तान इस्लामिक पार्टी’ लाई विघटन गरी सेनाको ८४औँ वा ८८औँ डिभिजनमा मिसाउने तथा उनीहरूलाई कानुनी वैधता दिने कदम चालेको छ। चिनियाँ गुप्तचर, सैन्य र राजनीतिक निकायहरूले यस कदमले उइग्युर लडाकुहरूलाई सजिलै आवातजावत गर्न र चीनभित्रै घुसपैठ गर्न सक्ने बाटो खुलाउने बताएका छन्।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रतिबन्धित सूचीमा रहेको यस समूहलाई वैधानिकता दिनु अन्तर्राष्ट्रिय कानुनी मान्यताविपरीत भएको चीनको तर्क छ। यो सुरक्षा चासो सम्बोधन नभएसम्म चीनले सिरियाको पुनर्निर्माणमा आर्थिक सहयोग रोक्ने, बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत ठूला लगानीहरू बन्द गर्ने तथा सिरियाली सरकारलाई कूटनीतिक रूपमा दबाब दिने नीति लिएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ११ : २६ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।