बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा « Khabarhub

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको देखिन्छ। राहत तथा अत्यावश्यक सामग्री बोकेर उडिरहेको ड्रोन हेर्न स्थानीयवासीको नजर त्यसैमा अडिन्छ। पहिला मान्छे र खच्चडले बोक्ने सामान अहिले प्रविधिले ओसारेको दृश्य उनीहरूका लागि नौलो बनेको छ।

गत भदौ १० गते आएको भोटेकोशीको विनाशकारी बाढीले सडक र पुल भत्काएर आमाछोदिङमोलाई बाहिरी दुनियाँबाट अलग्याइदिएको थियो। बाटो बन्द भएपछि खाद्य, औषधि र ग्यासको सङ्कट झेलिरहेका स्थानीयका लागि अहिले यही आकाश राहतको माध्यम बनेको छ।

रसुवाको उत्तरी भेगमा पर्ने आमाछोदिङमो धार्मिक तथा प्राकृतिक पर्यटन र चिलिमे, सान्जेन जस्ता जलविद्युत् आयोजनाका लागि परिचित छ। तर, भदौ १० को बाढीले त्यो परिचय क्षणभरमै बदलियो। सडक र विद्युत् सम्पर्क टुटेको छ भने दुई सयभन्दा बढी नागरिक अझै बेपत्ता छन्।

“विपद् भयो, अब बाँचेकालाई भोकभोकै राख्नुभएन,” गाउँपालिका अध्यक्ष बुचुङ तामाङ भन्नुहुन्छ। सडक बगेपछि हेलिकप्टरबाट सामान ल्याउने प्रयास गरिए पनि भूगोल र मौसमका कारण त्यो पूर्ण रूपमा सम्भव भएन। त्यही कठिन स्थितिमा ड्रोन प्रविधि सहयोगी बनेर आयो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार अहिले ड्रोनमार्फत औषधि, ग्यास र खाद्यान्न प्रभावित बस्तीमा पु¥याउने काम भइरहेको छ। यद्यपि, गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङ भने वडा नं १ बाहेक अन्य दुर्गम वडा (२, ३, ४ र ५) मा अझै ड्रोनसमेत पुग्न नसकेको बताउनुहुन्छ। सडक नहुँदा स्थानीयले २ हजार ७ सय पर्ने चामलको बोरालाई ११ हजार रुपैयाँसम्म तिर्न बाध्य हुनुपरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार नुवाकोटमा हैजाविरुद्धको खोप अभियानका लागि पनि ड्रोनकै प्रयोग गरिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र उपसचिव रामबहादुर केसीका अनुसार धुन्चेबाट हाकुबेँसीसम्म सामग्री पु¥याउन ८० देखि १०० किलोग्रामसम्म भार बोक्न सक्ने चारवटा ड्रोन परिचालन गरिएको छ।

नेपालमा वि.सं. २०७२ को भूकम्पपछि नक्साङ्कन र क्षति मूल्याङ्कनमा ड्रोन प्रयोग गरिए पनि पछिल्लो समय यसको उपयोग राहत, उद्धार र हिमाली क्षेत्रको फोहोर व्यवस्थापनसम्म विस्तार भएको छ। दुर्गम बस्तीमा द्रुत राहत पुर्‍याउन ड्रोन प्रविधि विपद् व्यवस्थापनको नयाँ सारथी सावित भइरहेको छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ११ : ३८ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा