सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते « Khabarhub

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते


२७ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

लु प्रदेश ०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई बिहान करिब ८:०० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय बालक रेशम बुढाथोकी र वडा नं ५ सल्लेकी १८ वर्षीया बिपना बुढाथोकी रहेका छन्। उनीहरूलाई अस्पताल पुर्‍याउनासाथ बिहान १०:२२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा जिप चालक त्रिवेणी–५ सिम्खका २४ वर्षीय भुपाल पुन, सोही ठाउँका २९ वर्षीय पारस बोहरा, ५० वर्षीय डिल्ली बहादुर वली र वडा नं ६ की ४२ वर्षीया लालमति बुढाथोकी घाइते भएका छन्। घाइतेहरूलाई त्रिवेणी हेल्थ केयर लुहाममा प्राथमिक उपचारपछि थप उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  ११ : ५५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली