सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते « Khabarhub

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

लु प्रदेश ०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई बिहान करिब ८:०० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय बालक रेशम बुढाथोकी र वडा नं ५ सल्लेकी १८ वर्षीया बिपना बुढाथोकी रहेका छन्। उनीहरूलाई अस्पताल पुर्‍याउनासाथ बिहान १०:२२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा जिप चालक त्रिवेणी–५ सिम्खका २४ वर्षीय भुपाल पुन, सोही ठाउँका २९ वर्षीय पारस बोहरा, ५० वर्षीय डिल्ली बहादुर वली र वडा नं ६ की ४२ वर्षीया लालमति बुढाथोकी घाइते भएका छन्। घाइतेहरूलाई त्रिवेणी हेल्थ केयर लुहाममा प्राथमिक उपचारपछि थप उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ११ : ५५ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा