नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड « Khabarhub

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी तथा पहुँचयोग्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालमा पर्यटकीय सम्भावना बोकेका थुप्रै गन्तव्य रहेकाले अपाङ्गता भएका व्यक्तिसहित सबैका लागि पर्यटनलाई पहुँचयोग्य बनाउन सम्बन्धित निकायबीच सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको उनले बताए। 

नेपाल पर्यटन बोर्डमा आयोजित ‘जर्निज विथआउट ब्यारियर्सः सोफी मोर्गन इन नेपाल’ कार्यक्रममा आफ्नो हालैको नेपाल भ्रमणका अनुभव सुनाउँदै मोर्गनले अपाङ्गता भएका पर्यटकका लागि नेपालका पर्यटन अनुभवलाई थप सहज र पहुँचयोग्य बनाउन सकिने उपायबारे धारणा राखे। 

उनले ‘इम्प्याक्ट एडभेन्चर’सँगको सहकार्यमा काठमाडौँ, पोखरा र उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।

साहसिक पर्यटक तथा ह्विलचेयर प्रयोगकर्ताका रूपमा गरिएको उक्त यात्राले यातायात, आवास, पर्यटन अनुभव, पूर्वाधार तथा आतिथ्य सेवाको पहुँचयोग्यताबारे प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको उनले बताए ।

मोर्गनले नेपालको संस्कृति, आतिथ्य र स्थानीयवासीको आत्मीयतालाई नेपालको प्रमुख शक्तिमध्ये एकका रूपमा उल्लेख गरे।

‘नेपालमा अपाङ्गता भएका धेरै व्यक्तिले आफ्नो पहुँचभन्दा बाहिरको ठान्न सक्ने खालका यात्रा सम्भव बनाउने क्षमता छ। यात्राका क्रममा मलाई सबैभन्दा बढी प्रभावित गरेको विषय यहाँका मानिसको आत्मीयता, सद्भाव र आतिथ्य हो,’ उनले भने।

उनले नेपालले पहुँचयोग्य पूर्वाधार, भरपर्दो सूचना र स्पष्ट योजनालाई प्राथमिकता दिएमा अपाङ्गता भएका पर्यटकलाई असाधारण यात्रा अनुभव प्रदान गर्न सक्ने बताए।

मोर्गनले पहुँचयोग्य पर्यटन कुनै एक पर्यटन व्यवसायी वा टुर अपरेटरको मात्र जिम्मेवारी नभएको स्पष्ट पार्दै सरकार, पर्यटन व्यवसायी, निजी क्षेत्र तथा स्थानीय अपाङ्गता समुदायबीच सहकार्य आवश्यक रहेको बताए।

‘पहुँचयोग्य पर्यटन व्यक्तिगत टुर अपरेटरको मात्र जिम्मेवारी हुन सक्दैन। पर्यटन क्षेत्र, सरकार, व्यवसाय र स्थानीय अपाङ्गता समुदायले मिलेर पहुँचयोग्य पूर्वाधारमा लगानी गर्न, नियमित रूपमा अपाङ्गतासम्बन्धी सचेतना तालिम सञ्चालन गर्न र संरचनागत अवरोध हटाउन आवश्यक छ,’ उनले भने।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १२ : ४४ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा