खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक « Khabarhub

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक


२७ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनलाई थप व्यवस्थित बनाउन दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ।

आयोगले ‘मिटर जडान तथा सञ्चालनसम्बन्धी निर्देशिका, २०८३’ र ‘डेभिएसन सेटलमेन्ट मेकानिजम तथा सम्बन्धित विषयसम्बन्धी निर्देशिका, २०८३’ राय, सुझाव तथा टिप्पणीका लागि सार्वजनिक गरेको हो।

प्रस्तावित व्यवस्थाले खुला पहुँचमा जोडिने उत्पादक तथा उपभोक्ताको विद्युत् उत्पादन–खपतको यथार्थ मापन र तथ्यांक व्यवस्थापनलाई प्राथमिकता दिएको छ। यस्तै, स्वीकृत विद्युत् आयात–निर्यात तालिकाबाट हुने विचलनअनुसार प्रतियुनिट ४ देखि १६ रुपैयाँसम्म जरिवाना तथा ५ देखि २० रुपैयाँसम्म प्रोत्साहनको व्यवस्था प्रस्ताव गरिएको छ।

आयोगले यसअघि गुनासो समाधान तथा ब्यालेन्सिङ–सेटलमेन्टसम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गरिसकेको छ भने प्रसारण शुल्क र ग्रिड कनेक्टिभिटीलगायत थप निर्देशिका ल्याउने तयारी गरेको छ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  १२ : ५३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली