खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक « Khabarhub

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनलाई थप व्यवस्थित बनाउन दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ।

आयोगले ‘मिटर जडान तथा सञ्चालनसम्बन्धी निर्देशिका, २०८३’ र ‘डेभिएसन सेटलमेन्ट मेकानिजम तथा सम्बन्धित विषयसम्बन्धी निर्देशिका, २०८३’ राय, सुझाव तथा टिप्पणीका लागि सार्वजनिक गरेको हो।

प्रस्तावित व्यवस्थाले खुला पहुँचमा जोडिने उत्पादक तथा उपभोक्ताको विद्युत् उत्पादन–खपतको यथार्थ मापन र तथ्यांक व्यवस्थापनलाई प्राथमिकता दिएको छ। यस्तै, स्वीकृत विद्युत् आयात–निर्यात तालिकाबाट हुने विचलनअनुसार प्रतियुनिट ४ देखि १६ रुपैयाँसम्म जरिवाना तथा ५ देखि २० रुपैयाँसम्म प्रोत्साहनको व्यवस्था प्रस्ताव गरिएको छ।

आयोगले यसअघि गुनासो समाधान तथा ब्यालेन्सिङ–सेटलमेन्टसम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गरिसकेको छ भने प्रसारण शुल्क र ग्रिड कनेक्टिभिटीलगायत थप निर्देशिका ल्याउने तयारी गरेको छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १२ : ५३ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा