बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल « Khabarhub

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर रुपमा प्रभावित भइरहेको उल्लेख गर्दै सीमापार जोखिम न्यूनीकरणमा नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ द्वारा शनिबार आयोजित ‘काष्ठमण्डप डायलग’को तेस्रो शृङ्खलालाई सम्बोधन गर्दै उहाँले हिमाली क्षेत्रका जोखिम न्यूनीकरण गर्न क्षेत्रीय तथा विश्वव्यापी सहकार्य अपरिहार्य रहेको बताए।

‘भोटेकोशी विपद् नेपालका लागि राष्ट्रिय समस्या वा नेपाल र चीनबीचको क्षेत्रीय मुद्दा मात्र होइन, यो लामो समयदेखि औद्योगिक राष्ट्रबाट भएको कार्बन उत्सर्जनका कारण उत्पन्न भएको विश्वव्यापी समस्या हो’, पूर्वप्रधानमन्त्री खनालले भने।

उनले विश्वव्यापी तापक्रम वृद्धिमा योगदान नगण्य भए तापनि नेपालले जलवायु परिवर्तनका गम्भीर परिणाम भोगिरहेको बताए। पूर्वप्रधानमन्त्री खनालले मौसम तथा बाढीसम्बन्धी सूचनाको प्रभावकारी आदानप्रदान, समन्वित विपद् पूर्वतयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँच आवश्यक रहेको धारणा राखे।

रेल, सडक, सञ्चार तथा अन्य सीमापार पूर्वाधारलाई नेपालको विकास र आर्थिक एकीकरणका लागि अत्यन्त महत्त्वपूर्ण ठहर्‍याउँदै पूर्वप्रधानमन्त्री खनालले भौतिक तथा डिजिटल सम्पर्क विस्तारले नेपाल र चीनबीच व्यापार, पर्यटन, लगानी र जनस्तरीय सम्बन्ध बढाउन सहयोग पुगेको बताए।

‘नेपाल–चीन ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क र सीमापार रेलमार्ग सञ्जाललाई हामीले उच्च प्राथमिकतामा राख्नुपर्छ । बेल्ट एण्ड रोड इनियिटिभ (बिआरआई) ढाँचालाई अघि बढाउनुपर्छ’, उनले भने, ‘कनेक्टिभिटी पूर्वाधार निर्माणमा प्राकृतिक विपद्को बढ्दो जोखिमलाई दृढतापूर्वक ध्यानमा राख्नुपर्छ ।’

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता खनालले विपद्का समयमा प्राविधिक तथा मानवीय सहायता उपलब्ध गराएकामा चीन सरकारप्रति आभार प्रकट गरे। उनले चीनलाई समृद्धि र प्रतिकूलता दुवै अवस्थामा नेपालसँग उभिने भरपर्दो मित्रका रूपमा चित्रण गरे। नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले निरन्तर जनाउँदै आएको समर्थनको पनि उनले प्रशंसा गरे।

पूर्वप्रधानमन्त्री खनालले ‘एकचीन’ सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमि चीन तथा उसका वैध सुरक्षा हितविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने बताए। 

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १ : १६ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित