‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता « Khabarhub

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, ‘डीएनए प्रोफाइलिङ’, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय–प्रहरी साझेदारीलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् ।
     
अपरेशनअन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनःस्थापना, ट्राफिक व्यवस्थापनजस्ता काम पनि गरिरहेको छ ।

कमाण्ड टोलीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ । अभियानअन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिनुभएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)विनोद सिलवालका अनुसार अभियानअन्तर्गत यही भदौ १९ गतेदेखि हालसम्म ६५ शव व्यवस्थापन गरिएको छ भने ४६ नेपाली र एक भारतीय गरी ४७ शवको डीएनए परीक्षण गरिएको छ । यसमध्ये आठ महिला, एक बालक, सात बालिका छन् । 

संकलन गरिएका मध्ये ३७ ‘डीएनए’ नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र १० नमुना पठाउन बाँकी रहेको छ । प्रहरीको लेभल–१ अस्पतालमा डीएनए नमुना संकलन गरिएको छ ।
    
 प्रहरीले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका शवको व्यवस्थापनसँगै बेपत्ताको खोजीलाई निरन्तरता दिइएको छ । टोलीले रसुवा जिल्लामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका शवको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ  ।
   
अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिए। विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने कामसमेत भइरहेको उनको भनाइ छ ।
  
बाढीका कारण भोटेकोशी र त्रिशूलीका तटीय क्षेत्रका विभिन्न स्थानमा हराइरहेकाको उद्धार तथा खोजीलाई प्राथमिकतामा राखेर काम गर्न प्रहरीले मातहतका युनिटलाई निर्देशन दिइएको छ ।
     
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना अहिले सुरुङलगायत जोखिमयुक्त स्थानमा उद्धार, सडक सञ्जाल सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण, पीडितका आफन्तलाई बाढी क्षेत्रमा लाने÷ल्याउने आदि काममा केन्द्रित भएकाले प्रहरीले समुदायकेन्द्रित कामलाई जोड दिएको हो ।
    
नेपाल प्रहरीको ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’मार्फत सम्बन्धित बाढी प्रभावित जिल्लालाई आवश्यक निर्देशन दिइएको छ । कुकुर पुग्न नसक्ने स्थानमा ड्रोनको प्रयोग गरी हराइरहेकाको खोजी जारी राखिएको छ ।

फेला परेका शव वा शरीरका अङ्गका मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्त्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न टोलीले सहजीकरण गरिरहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १ : ५७ बजे

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा